सुप विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा भट्ट

Posted on: 31 Jan, 2019

भाष्कर के.सी | माघ १६, कञ्चनपुर | सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ गठन गरिएको छ । बुधबार उपप्रध्यापाक प्रेमसिह भाटको संयोजकत्वमा गठित निर्वाचन समितिले सुप विश्वविद्यालय प्राध्यापक संघ गठन गरेको हो ।

समितिले कर्णदेव भट्टको सभापतित्वमा ११ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति गठन गरेको छ । 

उपसभापतिमा उद्धवदेव भट्ट, सचिव किशोर बोहरा, सह–सचिव टिकेन्द्र प्रशाद भट्ट, कोषाध्यक्ष निर्मला बम चयन भएका छन् । सदस्यहरुमा तोरण प्रशाद भट्ट, उमाकान्त जोशी र दिपेन्द्र कुमार ऐर रहेका छन् । बीर बहादुर सिह ठकुरी, कर्णदेव भट्ट र उद्धव भट्ट प्रतिनिधी छनौट भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!