विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी

Posted on: 17 Mar, 2019

चैत ३, जीतपुर (रासस) | कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि बढेको छ । 

बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक र महत्वपूर्ण स्थान रहेकाले विद्यालयमा बौद्ध शिक्षालाई निश्चत पाठ्यभार तोकेर अगाडि लैजाने गरी योजना अघि बढेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका एकाइ प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । 

पाठ्यक्रममा व्यवस्थ्या भएको स्थानीय विषय रहेकाले जिल्लाका संस्थागत र सामुदायिक विद्यालयमा बौद्ध शिक्षा लागू हुने गरी अन्तिम तयारी शुरु भएको छ । उहाँले यस शिक्षाले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउन मद्दत गर्ने बताउनुभयो । 

विषय विज्ञसहित आठ सदस्यीय समितिको आज बसेको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुने गरी पाठ्यक्रमको अन्तिम प्रारुप तयार गरी स्वीकृत गरेको छ । पाठ्यक्रमको विषयवस्तु छनोटसँगै सबै स्थानीय तहका प्रमुख उपप्रमुख र त्यससँग सहकार्य तथा समन्वय गर्ने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!