तलब नपाएको भन्दै शिक्षकले नै गरे बिद्यालयमा तालाबन्दी, विद्यार्थी भन्छन, बिषयगत शिक्षक चाहियो

Posted on: 20 Jun, 2019

 कृष्ण बिष्ट | असार ५, बैतडी | बैतडीका सामुदायिक बिद्यालयहरुमा तालाबन्दी गर्ने प्रबृती मौलाएको छ । सेवासुबिधको नाममा कहिले शिक्षकहरुले तालाबन्दी गरीरहका छन भने बिषयगत शिक्षकको माग राख्दै बिद्यार्थीहरुपनि तालाबन्दी गर्न थालेका छन ।

 जिल्लाको पाटन नगरपालिका वडा नं १० स्थित ब्रह्म आधारभुत बिद्यालयमा निजि श्रोतका काम गर्दै आएका शिक्षकहरुले २ वर्ष देखिको तलव नपाएको भन्दै तालाबन्दी गरेका छन | जिल्लाको सुर्नया गाउपालिका वडा नं ४ मा रहेको उदयदेव माबि मा पनि बिषयगत शिक्षकको माग राख्दै बिहिबार बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । 

उदयदेव माबीका कक्षा ९ र १० का बिद्यार्थीहरुले कम्प्युटर र अर्थशास्त्र  बिषय अध्यापन गराउने शिक्षक राख्नु पर्ने भन्दै बिहिबार ताला बन्दी गरेका हुन  | ब्रह्म आधारभुत बिद्यालयका निजिश्रोतका शिक्षकहरुले २ वर्ष देखिको तलव नपाएको भन्दै बुधबार ताला बन्दी गरेका सम्बन्धित बिद्यालयहरुले जनाएका छन । 

पटक पटक बिद्यालयमा कम्प्युटर अध्यापन गराउने शिक्षकको माग राखेपनि कुनै सुनुवाइ नगर्दा आफुहरुले आन्दोलन स्वरुप बिद्यालयमा तालाबन्दी गरेको बिद्यार्थी बिशाल भट्टले बताउनुभयो । बिद्यालयमा ताला बन्दी गरेर सबै बिद्यार्थीहरु अध्यान नगर्ने भन्दै घर गएको उदयदेव माबी प्रद्यानाध्यापक कालु सिह सावदले जानकारी दिए । बिद्यार्थीहरुको माग सम्बोधन गर्नको लागि गाउपालिका सँग बिद्यालय ब्यावस्थापन समितीले पहल गरीरहेको जानकारी गराउदा गराउदै पनि बिद्यालयमा ताला लगाएको उनले बताए ।  

ब्रह्म आधारभुत बिद्यालयमा कार्यरत निजी श्रोतका ३ जना शिक्षकहरुले बिगत २ बर्षदेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन । २०७४ सालदेखि आफूहरुले तलब नपाएको निजी श्रोतका शिक्षक तेजराज पन्तले बताए । २०६६ सालदेखि आफू निजी श्रोतमा कार्यरत रहेको बताउदै शिक्षक पन्तले अनुदानको कोटामा निजी श्रोतका शिक्षकलाई राख्ने निर्णय समेत विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले निजी श्रोतमा कार्यरत शिक्षकलाई राहत तथा अनुदान कोठा आए राख्ने निर्णय गरेपनि यसअघि आएको राहत कोटा पनि नदिएको उनीहरुको भनाई रहेको छ । हाल पनि अनुदान कोटा आएपनि खुल्ला विज्ञापन गरेर आफूहरुमाथि अन्याय गरेकोले विद्यालयमा तालबन्दी गर्न बाध्य भएका उनीहरुको भनाई रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!