ट्रेड युनियनको अधिकार खोजेर हैन, सिकाई उपलब्धि वृद्धि गरेर प्रमाणित गर्नुस : शिक्षा मन्त्री

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रभावकारी शिक्षण सिकाई गर्न नसक्ने शिक्षकलाई ठाउँ खाली गर्न चुनौती दिएका छन् । 

चाँगुनारायण नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शुभारम्भ गर्दै मन्त्री पोखरेलले भने, ‘अबको सामुदायिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाई गर्नुस्, पढाउन सक्दिनँ भन्ने भए ठाउँ खाली गरिदिनुस् ।’ 

देशभर अहिलेपनि करिब ७ लाख शिक्षण अध्यापन अनुमतिपत्र प्राप्त गरेका शैक्षिक बेरोजगार भएको उनले बताए । ‘शिक्षकमाथि मलाई विश्वास छ,’ उनले भने, ‘ त्यो विश्वासलाई पार्टी राजनीतिमा लागेर टे«ड युनियनको अधिकार खोजेर हैन, कक्षाकोठाको सिकाई उपलब्धि वृद्धि गरेर प्रमाणित गरिदिनुस् ।’ 

मन्त्री पोखरेलले लामो समयदेखि नेपालको शिक्षा पद्धतिमाथि बहस हुन नसकेको बताए । उनले विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मुल्यांकन गर्ने शिक्षा प्रणाली गलत भएको उनको भनाई थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!