विप्लवका लमजुङ सेक्रेटरी पक्राउ

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ | नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् ।

लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!