एसईई पूरक परीक्षा साउन २६ देखि हुदै

Posted on: 03 Jul, 2019

असार १८, काठमाडौँ | माध्यामिक  शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ | बुधबार  सूचना  जारिगरेर दुईदिने पुरक परिक्षा सार्बजनिक गरेको हो | 

पुरक परिक्षामा सैदान्तिक दुई बिषयमा ‘सी’वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी  वा  विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ  | 

परिक्षामा सहभागी हुन् चाहाने विद्यार्थीले साउन १५ गते सम्ममा अन्तिम समय बोर्डले तोकेको छ | बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो ।

गत चैतमा सञ्चालित एसईई परीक्षाको परीक्षाफल असार १२ गते सार्वजनिक भएको थियो । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!