कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा (९ तरिका सहित)

Posted on: 29 Jul, 2019

साउन १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजाअनुसार नियमिततर्फ ३.६१ देखि ४.०० जीपीएसम्म ल्याउनेको संख्या ३ हजार ६७ जना रहेका छन् । त्यस्तै ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउनेको संख्या १६ हजार २ सय ४ रहेको छ ।

२.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८६ हजार २ सय २७ र १.६१ देखि २.०० जीपीएसम्म ल्याउनेको संख्या ६२ हजार ६ सय १९ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा दिन थालेको हो । १.२१ देखि १.६० ग्रेड ल्याउनेको संख्या १९ हजार, ०. ८१ देखि १.२० ल्याउनेको संख्या ३ हजार ५ सय २४ र ०.०० देखि ०.८० ग्रेड ल्याउनेको संख्या १३ हजार ३ सय ६२ रहेको छ । बोर्डले नतिजा विभिन्न ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ ।

आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उतीर्ण भएको बोर्डले जनाएको छ ।

परीक्षाफल सम्बन्धि जानकारी तलको तरिकाहरुबाट पाउन सकिन्छ 

१. राष्ट्रिय परीक्षा वोर्ड - www.neb.gov.np

२. नेपाल टेलिकम - www.neb.ntc.net.np 

३. www.edusanjal.com 

४. www.theconnectplus.com 

५. www.ekantipur.com 

SMS मार्फत: 

१. नेपाल टेलिकमको 1600 मा SMS गर्ने तरिका: NEB<space> Symbol No. टाइप गरि 1600 मा SMS गर्ने 

२.  NEB<space> Symbol No. टाइप गरि 35001 मा SMS गर्ने 

३. NEB<space> Symbol No. टाइप गरि 31003 मा SMS गर्ने 

IVR सेवा मार्फत: 

नेपाल टेलिकमको 1601 मा डायल गरि प्राप्त निर्देशन अनुसार गर्ने 

यस बिषयमा तपाइको प्रतिक्रिया...!