प्रधानमन्त्रीलाई कामको प्रगती बिवरण सुनाउदै मन्त्रीहरु

Posted on: 31 Jul, 2019

साउन १५, काठमाडौँ  |  मन्त्रीहरू आफ्ना वार्षिक कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीलाई  सुनाउने भएका छन् | सकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा २४ वटै मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ का लागि कार्ययोजना तयार गरेका छन् | 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार बिहान १० बजे  मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष मन्त्रालयगत वार्षिक कार्ययोजना पेस गर्ने भएका छन्  |

सरकारको काममा सुस्तता आएको जनगुनासो बढेसंगै असारको अन्तिमसाता मन्त्रीहरुको बैठक बसेको थियो | उक्त बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले कामको रफ्तार बढाउँन र आगामी आर्थिक वर्षको कार्ययोजना बनाएर ल्याउन मन्त्रीहरुलाई निर्देशन दिएका थिए | 

प्रधानमन्त्रीको निर्देशनका आधारमा आफ्नो मन्त्रालयको  बजेट योजना तयार पारेका छन् | ती कार्ययोजना आज प्रस्तुत हुने र कामको प्रगति विवरण पनि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाउनु पर्नेछ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!