कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति सार्बजनिक ( तालिका सहित )

Posted on: 02 Aug, 2019

साउन १७, काठमाडौँ  | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहने विद्यार्थीको परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

यस्तै २ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन (२२ गते) सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ भने दोस्रो दिन (२३ गते) ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । बोर्डका  अनुसार बिद्यार्थीहरुले भदौ ५ गते सम्म परिक्षा आबेदन भरि सक्नुपर्ने  छ  | 

परीक्षा बोर्डका अनुसार जुनसुकै विषयको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीले परीक्षाको पहिलो दिन अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने छ । तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।

ग्रेड वृद्धि परीक्षाबारे विस्तृत विवरणका लागि तलको सूचना हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!