धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना एक जनाको मृत्यु, मोटरसाईकल चालक फरार

Posted on: 07 Aug, 2019

साउन २२, कैलाली  |  कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत मंगलबार राती भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। धनगढीबाट अत्तरिया गईरहेको मोटरसाईल र अत्तरियाबाट धनगढी आईरहेको मोटरसाईकल बोराडाँडी स्थित मैदान मिल नजिक एक आपसमा ठोक्किदा एक जना मोटरसाईकल चालक धनगढीबाट अत्तरिया गईरहेको ट्रकमा च्यापिएपछि उनको मृत्यु भएको हो । 

धनगढीबाट अत्तरिया गईरहेको से ७ प १४६८ नम्बरको मोटरसाइकलका चालक धनगढी उप–महानगरपालिका वडा नम्वर १ का सुरज कुँवरको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते उनको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको ना ७ ख ११५७ नम्बरको ट्रकलाई सोही दिशा तर्फ गईरहेका मृतक कुँवरको मोटरसाईकलले ओभर टेक गर्न खोजेको र सोही क्रममा विपरित दिशातिर आईरहेको से ५ प १४१८ नम्बरको मोटरसाइकलसंग ठोक्किएपछि कुँवर ट्रकमुनि खसेका थिए। ट्रक चालक र अर्को मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ तर मोटरसाईकल चालक भने फरार रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!