दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा विश्वविद्यालयमा नियुक्त गर : डा केसी

Posted on: 27 Aug, 2019

भदौ १०, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने भन्दै दोषी ठहर भएका व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् | केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा सरकारले गठन गरेका जाँचबुझ आयोग तथा समितिले दोषी ठहर गरेका व्यक्तिलाई नियुक्त नगर्न माग गरेका हुन् |

४ वर्षदेखि आफूले अघि सारेका मागहरुलाई वास्ता नगरी पुनः पुरानै प्रक्रिया अपनाइए आमरण अनसनसहित आन्दोलन गर्ने डा केसीले चेतावनी समेत दिएका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कैलालीको गेटा मेडिकल कलेज र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन उनले सरकारको ध्यानाकर्णण गराएका छन् । विभिन्न मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएसको भर्ना प्रकि्यामा ७५ प्रतिशत छात्रबृत्तिलगायतका बुँदा कार्यान्वयन गरेर भर्ना सुरु गर्न डा केसीले माग गरेका छन् ।

यसअघिको सम्झौता अनुसार इलाम, पाँचथर, उदयपुर, डोटी, डडेल्धुरालगायत प्रदेश २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउनु पर्ने उनको माग छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!