सरकारले दियो निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम

Posted on: 11 Nov, 2019

कात्तिक २५, काठमाडौं | विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन सरकारले निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ | नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए |

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरे | १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ |

तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने मन्त्री पोखरेलले बताए | मेडिकल कलेजहरुले अहिले विद्यार्थीहरुको माग सम्बोधन गरेर पठनपाठन सहज रुपमा हुने वातावरण बनाए शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको उनले बताए ।उनले अभिभावक र विद्यार्थीहरुलाई पनि गुपचुप रुपमा असमान सर्तहरु स्वीकार नगर्न आग्रहसमेत गरे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!