सरकारले दिएको अल्टिमेट मेडिकल कलेजले मानेनन्, कारबाहीबारे शिक्षा मन्त्रालयमा छलफल

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौं | सरकारले मेडिकल कलेजहरुलाई दिइएको अल्टिमेट नमाने पछि उक्त कदमबारे सकारले छलफल सुरु गरेको छ  | यता मेडिकल कलेजहरुले विद्यार्थीहरुको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान भने कायमै राखेका छन् |

सरकारले सोमबार मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो | तर मंगलबार मेडिकल कलेज सञ्चालकहरुले शुल्क फिर्ता नगर्ने बताएका छन् | यस अघि पनि सरकारले शुल्क फिर्ता नगरे ठगि मुद्दा चलाउने चेतावनी दिदै मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएको थियो |

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार अपरान्ह भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेललगायत सहभागी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!