त्रिवि उपकुलपतिको कार्यकक्ष नेविसंघले गर्यो तोडफोड

Posted on: 29 Dec, 2019

पुस १३, काठमाडौँ | नेपाली कांग्रेस निकट बिद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ | 

गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविसंघ त्रिवि समितिले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको हो |उपकुलपति बास्कोटा विद्यार्थीको मागमा उदासिन देखिएपछि आफूहरु तोडफोडमा उत्रिनुपरेको नेविसंघ त्रिविले जनाएको छ | नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले अयोग्य व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेपछि बाध्य भएर विरोध गर्नुपरेको बताए |

 त्रिवि परिसरभित्रै प्रहरी चौकी राखिएकोमा नेवि संघले आपत्ति जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!