एसईई समयमै हुन्छ, स्थगित भएको छैन : शिक्षा मन्त्रालय

Posted on: 06 Mar, 2020

फागुन २३, काठमाडौं | शिक्षा मन्त्रालयले एसईई स्थगित भएको भन्ने समाचार सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ | मन्त्रालयले विज्ञप्ति जारी गर्दै  चैत ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुने बताएको छ |

शिक्षा मन्त्रालयले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न आग्रह गरेको छ | मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोरोनाभाइरस (कोभिड–१९) को कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न मन्त्रालयले यसअघि नै आह्वान गरिसकेको छ ।चैत ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायल सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।”

विश्वव्यापीरुपमा फैलिरहेको कोरोनाभाइरसको त्रासले कक्षा १ देखि ९ सम्मका परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न मन्त्रालयले यसअघि नै निर्देशन दिई सकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!