प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

Posted on: 29 Jul, 2020

साउन १४, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो । एसएसपी कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ । 

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य सेवा सुरु 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बन्दाबन्दीको समयमा बन्द रहेको स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले आज एक विज्ञप्ति जारी कोभिड–१९ का कारण रोकिएको विस्तारित स्वास्थ्य सेवा र साधारण स्वास्थ्य सेवा शुरु गरेको जानकारी दिएको हो । 

अस्पतालका कार्यकारी निर्देशक प्रा डा रोहितकुमार पोखरेलले कोभिड–१९ का कारण चैत ६ देखि बन्द गरिएको उक्त स्वास्थ्य सेवा आजदेखि शुरु गरिएको जानकारी दिनुभयो । 

उक्त सेवा शुरु गरेसँगै अब बिरामीले सहज रुपमा स्वास्थ्यसेवा लिन पाउने भएका छन् । त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा इमर्जेन्सी सेवा भने प्रदान गर्दै आइरहेको थियो । 

यसअघि त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा अस्पताल आउने कर्मचारी तथा डाक्टरलाई अनिवार्य पोशाक र माक्स लगाएर आउन सूचना जारी गरेको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!