लोक सेवाका स्थगित सम्पूर्ण पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय

Posted on: 01 Oct, 2020

असोज १५, काठमाडौँ । सरकारले निजामती सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्ति सम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को कारण देखाउँदै निजामती सेवाको नयाँ पदपूर्तिको प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!