'४ वर्षे कार्यकाल सफल रह्यो' : जनप्रशासन क्याम्पस प्रमुख, शाही

Posted on: 01 Nov, 2020

कार्त्तिक १६, काठमाडौं । जनप्रशासन क्याम्पसको भौतिक एवं शैक्षिक सुधारको लागि आफ्नो कार्यकालमा उल्लेखनीय कार्य गर्न सफल भएको क्याम्पस प्रमुख हरिभक्त शाहीले बताएका छन्  । क्याम्पस प्रमुखको ४ वर्षे कार्यकाल बारे साझा सबालसंग कुराकानी गर्दै उनले आफ्नो कार्यकालमा विगतमा हुन नसकेका महत्वपुर्ण कामहरु सम्पन्न गरेको बताएका हुन् ।

सहायक क्याम्पस प्रमुख हुँदा देखिनै अनव्रत रुपमा क्याम्पसको विकासको लागि खटिएका उनी क्याम्पस प्रमुखको कार्यकालसम्म आइपुग्दा आफ्नै पालामा नयाँ प्रशासनिक भवन बाट कार्य संचालन, लाईब्रेरीको आधुनिकीकरण, अनलाईन कक्षा संचालन, त्रि.वि. बाट अनुमनि लिई कर्मचारी थप गरि कार्य संचालन गरिरहेको उनले बताए । स्वायतत्ताको नियम अनुसार कार्य विधिहरु निमार्ण क्याम्पसको आय स्रोतमा वृद्धि, नेपाल सरकारका विशिष्ट व्यक्तिहरु बाट शुक्रवार/शुक्रवार बिज्ञकक्षहरु संचालन जस्ता दर्जनौ उदाहरणीय कार्य भएको क्याम्पस प्रमुख शाहीको भनाई छ ।   

विगत साँढे तीन दशक सुतेर बसेको जन प्रशासन हालका दशकमा आएर भौतिक र शैक्षिक फड्को मारेको शाही बताउँछन् तरपनि यो अवस्थामा आइपुग्दा सबै तर्फबाट हौसला प्रदान गर्नु पर्नेमा बेलाबेलामा केहि छिटफुट नकारात्मक टीकाटिप्पणी समेत उठान हुने गरेको छ क्याम्पस प्रमुख शाहीले भने "त्यस सन्दर्भमा मेरो (क्याम्पस प्रमुखको) ध्यान आकर्षण भएको छ ।" 

जन प्रशासन केन्द्रीय विभाग र जनप्रशासन क्याम्पसमा गुणस्तरीय शिक्षाका लागि क्याम्पस तथा विभागमा कार्यरत सवै विद्यार्थी संगठन, कर्मचारी तथा प्राध्यापकहरु संगको संयुक्त छलफल, संवाद तथा सहकार्यको आधारमा सहभागितामुलक पद्धतिवाट कार्य गर्दै आईरहेको उनले बताए । 'विभाग र क्याम्पसको सर्वाङ्गीण विकासका लागि एकदमै लचिलो र मिहिनेत ढङगले कार्य सञ्चालन गर्दै आएको विभिन्न समयमा भएका वार्ता तथा संवादका दस्तावेज समेतले प्रमाणित गर्दछ, उनले भने' । 

जनप्रशासन क्याम्पसको यात्रा 

त्रिभुवन विश्वविद्यालय अन्तरर्गत आंगीक क्याम्पसको रुपमा बि.सं.२०३३ सालमा सार्वजनिक प्रशासनमा स्नातक तहको पठनपाठन गर्ने गरी स्थापना भएको यस जनप्रशासन क्याम्पसले २०३६ सालदेखि स्नातकोत्तर तहको (एम.पि.ए.कार्यक्रम) पठनपाठन तथा अनुसन्धान कार्य गर्दै आएको छ । बि.सं.२०४३ सालमा जनप्रशासन केन्द्रिय विभागको स्थापना भएको हो ।  वि.स. २०६८ सालदेखि विभागले एम.फिल कार्यक्रम र विदेशिक प्रोजेक्ट संचालन गर्दै आएको छ । विभाग अलग बजेटरी निकाय हो । तर विभागका अधिकांश  कार्यहरु क्याम्पसका प्राध्यापक र कर्मचारीहरुको अतिरिक्त कार्यबाट संचालन भईरहेको छ । विभागको स्थापना कालदेखिनै हाल सम्म भवन र लेखा प्रमुख, प्रशासन लगाएतका कर्मचारी नरहेको अवस्थामा छ । 

स्नातक देखि एमफिलसम्म 

व्यवस्थापन संकाय अन्तरर्गत रही यस क्याम्पसले २०७१ सालसम्म वार्षिक प्रणालिमा आधारीत रही २ बर्षे एम.पि.ए. शैक्षिक कार्यक्रम संचालन गर्दै आइरहेकोमा शैक्षिक सत्र २०७१/७२ देखि त्रि.वि.ले कीर्तिपुर स्थित केन्द्रीय बिभागहरुमा सेमेष्टर प्रणाली अवलम्बन गरेपछि जनप्रशासन क्याम्पसले पनि सोहि नीति अनुरुप सेमेष्टर प्रणालीमा आधारित एम.पि.ए.शैक्षिक कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

एम.पि.ए.कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्रगत सार्वजनिक प्रशासनको अध्ययन अनुसन्धानको शैक्षिक गुणस्तर वृद्धि गर्ने महत्वपूर्ण अवसर भएकोले हाल क्याम्पसमा संञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरुको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखी उपलव्ध भौतिक तथा मानवीय श्रोत साधनलाई उच्चतम रुपमा सदुपयोग गर्ने र श्रोत साधनहरुको संख्यात्मक तथा गुणात्मक वृद्धिगर्ने तर्फ लागि परेको क्याम्पस प्रमुख शाही बताउँछन् ।

सार्वजनिक प्रशासनको अध्ययनलाई थप बिस्तार गर्ने उद्देश्यले बि.सं.२०७० देखि ४ बर्षे स्नातक तहको सेमेष्टरमा आधारित बि.पि.ए.शैक्षिक कार्यक्रम समेत सञ्चालन गरिएको छ । हरेक क्षेत्रका लागि आवश्यक दक्ष जन शक्ति उत्पादन गर्न नेपालमा विभिन्न आङगिक क्याम्पसहरु मध्य जन प्रशासन विधाका लागि उत्कृष्ठ क्याम्पस नै जन प्रशासन क्याम्पस रहेको शाही दावी गर्दछन् ।


डिल्ली बजार देखि बल्खुसम्म 

बि. स. २०३३ सालमा शंकरदेव क्याम्पसको एउटा कोठामा संचालित कार्यक्रम, डिल्ली बजार, त्रिपुरेश्वर हुदै जमल सम्म भाडा र अर्काको भवनमा कार्यक्रम संचालन भएका थिए । स्थापनाकालको साँढे ३ दशक सम्म यस क्याम्पसको भवन मात्र नभएको होईन एक मात्र एम.पि.ए कार्यक्रम संचालनमा थियो । वर्तमान अवस्थामा यस क्याम्पसको सुविधा सम्पन्न २ वटा ठुला भवन र ४ वटा साना टहरा समेत निर्माण भई कार्यक्रम संचालन भईरहेको छ । भौतिक संरचना मात्र नभई कार्यक्रमहरु प्नि वि.पि.ए, एम.पि.ए हुदै एम.फिल सम्मको अध्ययन हुदै आईरहेको छ । 

विगतमा ठाउँ अभावका कारण सरिरहनु परेको जन प्रशासन हाल अन्य त्रि.वि. का कार्यक्रम समेत चलाउन दिन सफल भएको शाहीले बताए । जनाप्रशन क्याम्पसकै भवनमा गणित विज्ञान र जेन्डर का कार्यक्रमहरु संचालन भईरहेका उनले बताए ।  क्याम्पस स्वायततामा प्रवेश गरिसकेकोले संचालक समिति र विभिन्न कार्यविधिहरु निमाण भइरहेका उनको भनाई छ । 





यस बिषयमा तपाइको प्रतिक्रिया...!