सल्यानमा आठ जना शिक्षकमा कोरोना भेटिएपछी पौष १० सम्म विद्यालय बन्द

Posted on: 13 Dec, 2020

मङ्सिर २८, सल्यान । गत मंशिर ७ गतेदेखी खुलेको सल्यान कपुरकोटको एक सामुदायीक विद्यालय शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछी आगामी पुष १० गते सम्म बन्द भएको छ । कपुरकोट गाउँपालिका वडा नं ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमीक विद्यालयमा आइतबार देखी पुष १० गते सम्म पठनपाठन बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्ली कुमार डाँगीले जानकारि गराए ।

विद्यालयका प्रधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछी कपुरकोट गाउँपालिकासंगको समन्वयमा विद्यालयको पठनपाठन बन्द गरिएको निमित्त प्रअ डाँगीले जानकारि दिए । संक्रमीत ८ शिक्षक मध्ये एक जना कोरोना मुक्त भइसकेका छन् भने थप ६ जना शिक्षकको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।


विद्यालयले आइतबार एक सूचना प्रकाशित गरी विद्यार्थीमा कोरोना संग मिल्दो जुल्दो कुनै पनि लक्षण या चिन्ह देखिएमा कपुरकोट गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । मावि किमुचौरले तीन सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!