शैक्षिक सुधार कार्यक्रमको लागि आवेदन माग

Posted on: 19 Jan, 2021

माघ ६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि आबेदन माग गरेको छ । यस अघि आह्वान गरेको सबै निवेदन खारेज गरी नयाँ प्रकृयाबाट चालु आबको लागि आवेदन माग गरिएको हो । 

 मन्त्रालयमा बसेको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रकृया पुरा गरी प्राप्त निवेदन बाहेक अन्य निवेदन खारेज गरी नयाँ प्रकृया शुरु गरेको छ । राष्ट्रपति कार्यालयबाट करिब दुई दर्जन आबेदन आएको थियो । 

 यसअघि गतवर्ष आवेदनबाट प्राप्त ३ हजार १ सय ४७ वटा निवेदन खारेज गरिएको छ ।  निर्देशक समितिका अध्यक्ष एवं शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपालल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नयाँ प्रकृयाबाट आवेदन माग गर्ने निर्णय भए अनुसार शिक्षा विकास तथा मानव स्रोत केन्द्रले  आवेदन माग  गरेको हो । 

 यसअघि आएको सबै निवेदन खारेज भएको केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले जानकारी दिए । चालु आबको बजेटमा  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५ अर्ब १० करोड रुपिया बजेट छुट्टयाइएको छ । 

 अघिल्लो वर्ष स्थानीय  तहमार्फत ३ सय ४५ आबेदन प्राप्त भएको थियो । त्यसबाहेक केन्द्रको इमेल, हुलाक र अन्य माध्यमबाट करिब  २ हजार बढी आबेदन परेको थियो । 

 केन्द्रका महानिर्देशक अर्यालले १५ दिनभित्र निवेदन आइपुग्नेगरी सूचना सार्वजनिक गरेको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!