एसईई परिक्षा आगामी जेठ १३ देखि

Posted on: 09 Mar, 2021

फागुन २५, काठमाडौँ । माध्यामिक शिक्षा परिक्षा (एसइई) आगामी जेठमा हुने भएको छ । २०७७ सालको एसइई परिक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ 

।  यसअघि चैत महिनामा एसइई  परिक्षा हुने गरेको भएपनि कोरोना भाइरसका कारणपछि सरेको हो । गतबर्षको एसईई परिक्षाका विद्यार्थीलाई बोर्डले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा ग्रेड दिएको थियो  । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत बर्ष चैत १० देखि देशभर लकडाउन लगाएर सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको थियो ।

महामारीको संक्रमण कम हुँदै गएपछि सरकारले गत मंसिर देखि शैक्षिक संस्था खोलेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!