एलएल.बी प्रथम वर्षमा भर्नाका लागि आवेदन खुल्यो, जेठमा प्रवेश परीक्षा हुने

Posted on: 13 Apr, 2021

चैत्र ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डीनको कार्यालयले एलएल.बी प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्न आवेदन खुलाएको छ । डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७६।७७ को लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहनेहरुका लागि आवेदन खुलाएको हो ।

आवेदन फाराम वितरण र दर्ता  २०७८ साल बैशाख १४ गते मंगलवार देखि २०७८ साल जेष्ठ १३ गते बिहिबारसम्म हुने जनाइएको छ । कानून संकाय अन्तर्गत स्नातक तहको एलएल.बी पठन पाठन हुने क्याम्पस तथा कलेजहरुमा आवेदन फाराम उपलब्ध हुने तथा बुझाउन सकिनेछ ।

प्रवेश परीक्षा फारम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्नेछ । भर्ना हुनका लागि न्यूनतम शैक्षिक योग्यता त्रि.वि. बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह पास गरेको हुनुपर्नेछ ।

२०७८ साल जेष्ठ २९ गते शनिबार बिहान ११:०० बजे देखि ०२०० बजे सम्म प्रवेश परीक्षा हुनेछ । परीक्षा सम्बन्धि विस्तृत विवरण यस कार्यालयको सूचना पाटी वा वेभसाईट www.fol.edu.np मा पनि हेने सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!