एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Posted on: 13 Apr, 2021

चैत ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले राजधानी काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालय एक महिना बन्द गरेर अनलाइन मार्फत कक्षा संचालन गर्न सिफारिस गरेको हो । 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण दर तिब्र रुपमा फैलिएको भन्दै बालबालिका तथा कम उमेर समूहकाहरुलाई असर गर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार हाल नेपलमा कोरोना भाइरसको नयाँ भेरियन्ट समेत देखापरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसख्या मन्त्री हृदयेश त्रिपाठीले एक महिना विद्यालय बन्द गरी अनलाइन पठनपाठन गर्नुपर्ने बताए । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा तीन साता विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

विद्यालय बन्द गर्ने र कोरोनाबाट बच्न नयाँ स्वास्थ्य सतर्कताका मापदण्ड लागु गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएपनि निर्णय भने भएको छैन् । मन्त्रालयले जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने प्रक्षेपण गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!