सहरी क्षेत्रका विद्यालय बन्दगर्ने सरकारको निर्णय

Posted on: 19 Apr, 2021

बैशाख ६, काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको नयाँ संक्रमण दर फैलिदै गएकाले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय बन्द गरेर भर्चुअल कक्षा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो । सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न भनेको थियो । 

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको र बालबालिका उच्च जोखिमा रहेको भन्दै स्वास्थ्य मन्त्रलायले विद्यालय बन्द गर्नुपर्ने बताएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!