निजामती विधेयक फिर्ताको प्रस्ताव संसदमा बहुमतले स्वीकृत

Posted on: 08 Oct, 2021

असोज २२ , काठमाडौं। निजामती विधेयक २०७५ बहुमतले फिर्ता भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो।

विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए। उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत र्गयो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गरेको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरे। कार्कीले असोज १९ गते विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!