शिक्षा |


राष्ट्रिय शिक्षा नीति सार्वजनिक

Posted on December 11, 2019 | views : 1297 |

मंसिर २५, काठमाडौं |  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेका छन् |  तर उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझावहरु भने समावेश गरिएको छैन | शिक्षा मन्त्रीकै नेत

Read More

खोटाङको दिक्तेलमा लोकसेवा तयारी कक्षा सुरु

Posted on December 10, 2019 | views : 3870 |

चिसाङ शेर्पा | मंसिर २४, खोटाङ | खोटाङको दिक्तेलबजारमा लोकसेवा तयारी कक्षाको सुरुवात भएको छ । लोकसेवामा रुचि भएका तथा उचित कक्षा लिने ठाउँको खोजीमा रहेका विधार्थीहरुको समस्यालाई ध्यानमा राखेर दिक्तेल एकेडेमीले लोकसेवा तयारी कक्षाको सुरुवात गरेको हो । एकेडेमीले दिक्तेलको सरस्वती नमुना मावि नजिककै स्थ

Read More

बैतडीका १ सय ७४ विद्यालय दरबन्दीविहीन,शैक्षिक गुणस्तर कमजोर हुँदै

Posted on December 10, 2019 | views : 3762 |

मंसिर २४, बैतडी | बैतडीका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दी विहीन छन्। ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन्। समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ। | जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध

Read More

त्रिविका लेखा अधिकृत सहित चारविरूद्ध मुद्दा दायर,पैसा लिएर नम्बर हेरफेर

Posted on December 08, 2019 | views : 1938 |

मंसिर २२, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ | विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोपमा  मुद्दा दायर गरेको हो | लेखा अधिकृत कमलप्रसाद दाहालसहित चार जनाविर

Read More

भोलि देखि हुने एमबिबिएसको परीक्षा आन्दोलनरत् विद्यार्थीले गरे बहिस्कार

Posted on December 04, 2019 | views : 1717 |

मंसिर १८, काठमाडौँ | भोलिदेखि हुने एमबिबिएस परीक्षा आन्दोलनरत्  विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन् | बुधबार देखि सुरुहुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन् | भोलिदेखि हुने भनी एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो | नेसनल मेडिकल कलेज,युनिभ

Read More

सरकारले दिएको अल्टिमेट मेडिकल कलेजले मानेनन्, कारबाहीबारे शिक्षा मन्त्रालयमा छलफल

Posted on November 26, 2019 | views : 2050 |

मंसिर १०, काठमाडौं | सरकारले मेडिकल कलेजहरुलाई दिइएको अल्टिमेट नमाने पछि उक्त कदमबारे सकारले छलफल सुरु गरेको छ  | यता मेडिकल कलेजहरुले विद्यार्थीहरुको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान भने कायमै राखेका छन् | सरकारले सोमबार मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो | तर

Read More

सरकारले दियो निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम

Posted on November 11, 2019 | views : 1805 |

कात्तिक २५, काठमाडौं | विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन सरकारले निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ | नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए | सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग

Read More

दिप्रुङमा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात

Posted on November 08, 2019 | views : 3744 |

चिसाङ शेर्पा | कार्तिक २२ खोटाङ | खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात भएको छ । गाउँपालिकाभित्रका सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुंच पु¥र्याउन स्कुल नर्स कार्यक्रमको सुरुवात भएको हो । यो कार्यक्रम जिल्लामा पहिलो हो । स्थानीय स्वास्थ्य ऐन २०७५ निर्माण गरेर ल

Read More

बैतडीका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

Posted on November 05, 2019 | views : 2131 |

कार्तिक १९, बैतडी | दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ। वडा नम्बर  १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले  ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिए

Read More

बैतडीमा विद्यार्थीले गरे विद्यालयमै मैनबत्ती उत्पादन, ७० हजार आम्दानी

Posted on November 04, 2019 | views : 3277 |

कात्तिक १८, बैतडी । जिल्लाको एक सामुदायिक विद्यालयले रू ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ । पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आम्दानी भएको हो । कक्षा ६ देखि ८ सम्म अध्यापन हुने ‘पेशा व्यवसाय र प्रविधि शिक्षा’ पाठ्यक

Read More

कनिष्ठलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको भन्दै जनप्रशासनमा अनेरास्ववियुको ताला

Posted on October 25, 2019 | views : 2792 |

कात्तिक ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘जनप्रशासन केन्द्रीय विभाग’मा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ । बल्खुस्थित विभागको कार्यालयमा शुक्रबार बिहान अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले तालाबन्दी गरेको हो । जनप्रशासन क्याम्पस प्रमुख हर

Read More

जुम्लाका दुईवटा विद्यालयको खाता रोक्का

Posted on October 25, 2019 | views : 3922 |

कात्तिक ८, सिंजा | चन्दननाथ नगरपालिका जुम्लाले दुईवटा विद्यालयको खाता रोक्का गरेको छ ।  विद्यालय व्यवस्थापन समिति गठनको लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुईवटा विद्यालयको खाता रोक्का गरेको हो ।  चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका

Read More

तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, कहिले हुँदैछ उद्घाटन ?

Posted on October 24, 2019 | views : 1231 |

नारायणी रजौरे | कात्तिक ७, दाङ | चारतिर खचाखच गाडी,  वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने  गरेको तुलसीपुर बसपार्क अहिले भने  चिटिक्ट हुँदै गएको छ ।  यात्रुलाई सजह  तथा  सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क

Read More

त्रिविद्वारा स्नातकोत्तर तहमा श्रम शिक्षा पढाई शुरु गर्दै, चार सेमष्टरका लागि १९ वटा 'पेपर' तयार

Posted on October 21, 2019 | views : 2468 |

कात्तिक ४, काठमाडौँ । श्रम क्षेत्रको विश्वव्यापीकरणलाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि श्रम शिक्षा अध्यायन गराउने तयारी थालेको छ । पहिलो चरणमा स्नातकोत्तर तहमा श्रम विषय अध्ययन गराउन विश्वविद्यालयले सम्पूर्ण तयारीलाई अन्तिम चरणमा पुर्याएको  छ ।  मानविकी तथा साम

Read More

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, नयाँ शुल्क निर्धारण

Posted on October 21, 2019 | views : 1668 |

कात्तिक ४, काठमाडौँ | नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।  काउन्सिलले काठमाडौँ

Read More

सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

Posted on October 20, 2019 | views : 3444 |

कात्तिक ३, सुर्खेत | सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन ।   क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ

Read More

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा फाराम भर्ने समय थप

Posted on October 17, 2019 | views : 1641 |

असोज ३०, काठमाडौँ | विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको  परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दि

Read More

बैदेशिक अध्ययनमा जानेहरुलाई अनलाइनबाटै एनओसी

Posted on October 17, 2019 | views : 2089 |

असोज ३०, काठमाडौँ | अध्ययनको शिलशिलामा विदेश जान चाहने विद्यार्थीहरुले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिने काम सुरु गर्न लागेको हो ।  योजना

Read More

मदन-आश्रित विद्यालयद्वारा दशैंको शुभकामना साथै बाल प्रतिभा र शिक्षक सम्मान कार्यक्रम सम्पन्न

Posted on September 29, 2019 | views : 2719 |

असोज १२, काठमाडौँ | काठमाडौँ बुढानीलकण्ठ नगरपालिका -४ स्थित क्वाँटोलमा रहेको मदन-आश्रित आदर्श आधारभुत विद्यालयले आइतबार  शुभ-कामना आदानप्रदान तथा बाल प्रतिभा र साथै शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्रीको समुपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयको बिकास तथा योगदान

Read More

सामुदायिक शिक्षा सुधारोन्मुख : मन्त्री बाँस्कोटा

Posted on September 28, 2019 | views : 3036 |

असोज ११, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्

Read More

सल्यानमा एकै दिन १० विद्यालयमा पुस्तकालय उद्घाटन

Posted on September 15, 2019 | views : 4477 |

भदौ २९, सल्यान । सल्यानमा पुस्तकालय स्थापना कार्यले तिब्रता पाएको छ। विभिन्न परियोजनाले स्थानीय तहहरुसंग साझेदारी गरेर सामुदायीक विद्यालयमा पुस्तकालय स्थापना कार्य लगाडी बढाएका छन् । कतीपय स्थानीय तहहरुले आफै पहल गरेर पुस्तकालय स्थापना गरेका छन् ।  शिक्षा नियमावली अनुसार पनि हरेक विद्यालयमा पुस

Read More

सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य

Posted on September 13, 2019 | views : 4444 |

भदौ २७, झापा | शिक्षालाई आधुनिक प्रविधि सुहाउँदो बनाउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य गरेको छ ।  नेपाल सरकारको रु दुई करोड ३१ लाख ९६ हजार अनुदानमा गाउँपालिकाले कम्प्युटर शिक्षाको पूर्वाधार स्थापना गरी पठनपाठन शुरु गरेको हो । कूल १७ व

Read More

कृषि विश्व विद्यालयको विवाद संसद्ले रोक्छः मन्त्री पोखरेल

Posted on September 13, 2019 | views : 3432 |

भदौ २७, हेटौडा | शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विषयमा चलिरहेको विवाद संसदवाट टुङ्गिने बताउनुभएको छ । हेटौँडामा आज साँझ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले संसद्मा पेश भएको शिक्षा नीति बन्ने क्रम

Read More

बझाङ जिल्ला स्तरीय दुई दिने हाजिरीजवाफ प्रतियोगिता र एकदिने ( IT Workshop) हुदै

Posted on September 13, 2019 | views : 4500 |

सुनिल कुँवर | भदौ २७, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटिले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता  (IT from Himalayas ICT Quiz-2019)र एक दिने (IT Workshop)को तयारी गरेको छ | बझाङ जिल्ला भित्र रहेका सरकारी र गैरसरकारी (निजि ) बिद्यालयहरुमा रहेको विविधताको अन्त्य गर्न

Read More