श्रीमान विदेश, लाखौं हिनमिना पारेर श्रीमति वेपत्ता भएपछी...

Posted on: 26 Sep, 2016

प्रेम सुनार/असोज १०, गुल्मी । दुई महिना अघि मात्र विदाईका आँशु वगाउँदै श्रीमानलाई छिट्टै फर्किनु होला है भन्दै छिप्लो घसेकी श्रीमति विभिन्न संघ संस्था र व्यक्तिहरु संग लाखौं ऋण काढेर घरबाट बेपत्ता भए पछि गुल्मीका एक दलित युवा दुई महिनामै विदेशबाट घर फर्किन बाध्य भएका छन् ।

हर्दिनेटा गाविस वडा नम्वर ८ वाँसखर्कका ३२ वर्षिय रामबहादुर नेपाली  श्रीमति वेपत्ता  भएको र घरमा स–साना वालवालिकाहरुको विचल्ली भए पछि महिनामै घर फर्केका हुन् । गुल्मीकै नयाँगाउँमा माईती घर भएकी उनकी २९ वर्षिया श्रीमति दुर्गा नेपाली भदौं २९ गते देखि घरबाट बेपत्ता भएको पिडित नेपालीले बताए ।

त्यस दिन विहान करिव ९ वजेको समयमा छोरा छोरीलाई स्कुल जाउ भनेर घरबाट हिडेको बताईएको छ । यस अघि पनि दुवईको सारजामा दुई तिन पटक आवत जावत गर्ने नेपाली दुई महिना अघि मात्र घर आएर गएको बताउँछन् ।

घरमा ८ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छाडेर ३ वर्षको काखका एक छोरा लिएर घरबाट हिडेपछि उनको  फोन स्वीचअफ हुन छाडेकोले माईतीमा सम्पर्क गरिएको र  तिजमा उनि माईतीमै रहेको जानकारी परिवारले दिएको उनले बताए ।

घरमा रहेको पाठो समेत वेचेको र धेरै संघ संस्थाबाट र श्रीमानले ऋण तिर्न पठाएको रकम सहित ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप श्रीमानले लगाएका छन् । उनले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी समेत दिएको बताए ।

यस सम्वन्धमा  ति महिलाको माईती घर नयाँगाउँ ६ मा सम्पर्क राख्दा उनकी आमा रुपा नेपालीले छोरी तिजमा आउदा आफुहरुले नचिनेको मान्छे संगै लिएर आएको बताईन् । हामीले चिनेका थिएनौं एउटा केटा संगै आयो दरखाने दिन र पञ्चमीका दिन सम्म वसेर संगै गएका हुन्  उनले भनिन् छोरीले फुवु पर्नेका छोरा हुन् भने पछि विश्वास गरेर राखेका हौं । निज युवाले आफ्नो मावली गुल्मीकै विरवास बताएको र घर वुटवल बताएको  उनले बताईन् ।

उक्त युवाले गाडी चलाउने काम गर्छु भनेको उनको भनाई छ ।  तिज जस्तो चाड पर्वमा छोरी संगै आएको मान्छेलाई स–सम्मान राखेर छोरी संगै पठाएको दोश्रो दिन म घर आएर छोरी विरामी परेर उपचार गर्दै छु भनेको तर दोश्रो दिन देखि मोवाईल स्वीच गरेर छोरीले पिर चिन्तामा पारेको उनकी आमाले बताईन् ।

उनले यस अघि छोरी कहिल्लै गलत बाटोमा नहिड्ने गरेको , ज्वाईले विदेशमा कमाए पनि छोरीले यहाँ बचाएर सम्पत्ती जोरेको बताउँदै छोरी त्यसरी कसैसंग जान नसक्ने वरु कसैले मारेकी भन्ने पिरले आफुहरु निद न भोक भएको पिर चिन्ता सुनाईन्् । उनले छोरीको सास कि लास भेटाई दिन सवैको सहयोगको अपिल समेत गरिन् ।

।  उता उनका श्रीमानले श्रीमति  आफुलाई छाडेर कतै जान नसक्ने भन्दै जहाँ भए पनि र कतै कुनै गलत मान्छेले फसाएको भए पनि घरमा आएर छोरा छोरी सम्हाली दिन आग्रह गरेका छन् । सात वर्ष अघि विवाह भए देखि श्रीमतिले आफुले कमएको जोगाएको र माया पनि निकै दिने गरेकोले आफुले विर्सन नसक्ने भन्दै उनले श्रीमति प्रति वेहत प्यार कायमै रहेको बताए । 

छोरा छोरीहरुले प सम्पर्कमा आउन आग्रह गरेका छन् । त्यो परिवारले वेपत्ता  उनको तस्वीर समेत दिएर कोही कसैले कतै देखे भेटे प्रहरीमा खवर गरी दिन आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!