साउदीमा आत्महत्या गरेका भनिएका दमाईको हत्या भएको आशंका

Posted on: 17 Dec, 2016

पुस २, पाल्पा | साउदी अरबमा मृत्यु भएका पाल्पा कचल गाविस–९ झियामाराका धनबहादुर दमाईको आज दाहसंस्कार गरिएको छ । 

दमाईको शव बिहीबार नेपाल ल्याई सोही दिन पाल्पा ल्याइएको थियो । दमाईको गत कात्तिक १९ गते साउदीमा मृत्यु भएको खबर आफन्तलाई आएको थियो । 

प्रहरीले दमाईको मृत्यु आत्महत्याबाट भएको हुनसक्ने बताएको छ । दमाईको आँखा, घाँटीमा चोट लागेको भन्दै उहाँका भाइ सन्तोष परियारले दाजुको हत्या भएको आशङ्का गर्नुभएको छ । मृतकका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!