साउदीका यी २६ कम्पनीमा नेपाली कामदार पठाउन रोक

Posted on: 21 Dec, 2016

पुस ६, काठमाडौं । साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलव भुक्तानी नगर्ने २६ कम्पनीहरुलाई सरकारले ‘ब्ल्याकलिष्ट’ मा राखेको छ ।

साउदीमा नेपाली कामदारले अलपत्र पर्ने क्रम झन बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीमा नेपाली म्यानपावरले कामदार पठाउन पाउने छैनन् । सरकारले ति कम्पनीमा जान कामदारलाई श्रम स्वीकृति पनि नदिने वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन् ।

यसअघि साउदीका २ वटा कम्पनीमात्रै कालोसूचीमा रहेका थिए ।  अहिले यो संख्या बढेर २८ पुगेको छ । साउदीमा पुगेपछि एजेन्टहरुले धेरै कादारलाई जोखिमपूर्ण र अप्ठेरो काममा लगाउने गरेका छन् । कतिले त काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट भागिरहेको कामदारहरुले बताएका छन् ।

नेपाली म्यानपावरले पनि आफूले पठाएका कामदारको कुनै गुनासो नसुन्ने र उल्टै पिडित कामदारलाई धम्काउने गरेका गुनासो प्रसस्त पाइन्छन । साउदीमा पछिल्लो समयमा कामदारलाई साउदीमा भनेजति तलब नदिने मात्रै होइन, समयमै तलव नदिने ठूलो समस्या रहेको छ ।

अहिले साउदीका खराब कम्पनीमा कार्यरत १ हजारभन्दा बढी नेपाली कामदार अलपत्र भएका छन् । सरकारलाई औपचारिक उद्धारको अपील गरे उनीहरुलाई सरकारले चासोसम्म नदेखाएको उनीहरुको गुनासो छ ।  

यी कम्पनीमा लाग्यो प्रतिवन्ध 






यस बिषयमा तपाइको प्रतिक्रिया...!