बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !

Posted on: 27 Dec, 2016

पुस १२, काठमाडौं । राहदानी विभागले मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।

आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर ‘नेपाली पार्सपोर्ट’ एप्स डाउनलोड गर्न सक्नेछन् । उक्त एपलाई इन्स्टल गरेर ओपन गरेपश्चात राहदानीका लागि आवेदन फार्म भेटिने मन्त्रालयले जनाएको छ ।

उक्त एप प्रयोगमा ल्याउनका लागि अन्तिम तयारी भईरहेको विभागका सुचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । त्यसपछि आवेदन कर्ताले अनलाइन फार्ममा जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् । 

विवरण भरे लगत्तै एपबाटै भरिएको विवरणमा औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुन्छ । त्यसलाई सुरक्षित राखेर हस्ताक्षर, फोटो खिचाउन तोकिएको समयमा राहदानी विभाग पुग्नुपर्ने हुन्छ ।  यसअघि सुरु गरेको अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था प्रभावकारी भएकाले यो व्यवस्था सुरु गर्न लागिएको विभागले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!