बैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागी खुशीको खबर !

Posted on: 31 Dec, 2016


पुस १६, काठमाडौँ । मलेसिया सरकारद्वारा विदेशी श्रमीकवाट लिदै आएको लेवि छुटको घोषणा गरेको छ । 

अब मलेसियामा रहेका आप्रवासी श्रमीकले तिर्दै आएको लेवि मलेसियाका रोजगारदाताले तिर्नु पर्ने भएको छ । मलेसियाका गृहमन्त्री दातुक श्री अहमद जायीद हमिदिलाइ उद्धृत गर्दै मलेसियाका संचारमाध्यमले जनाए अनुसार अवका दिनमा श्रमीकवाट लिइने सवै किसीमका लेवी रोजगार दाताले दिनुपर्ने भएको छ ।

जनवारी १ वाट यो नियम लागु गर्न गृहमन्त्रि हमिदिले निर्देशन दिएका छन् । सरकारको यो निर्णयवाट ५ लाख भन्दा धेरै नेपालीलाई राहत पुग्ने भएको छ । मलेसियामा कार्यरत नेपाली श्रमीकले विभिन्न क्षेत्रमा काम गरे वापत वर्षको १ हजार ८ देखी २ हजार ५ सय भन्दा धेरै लेविको रकम तिर्दै आएका थिए । गत वर्ष मात्रै मलेसिया सरकारले मलेसियामा रहेका आप्रवासी श्रमीकको लेवि शुल्कमा दोव्वर वृद्धि गरेको थियो ।

लेवि वृद्धिपछि मलेसियाको रोजगारीमा नेपालीको रुचि समेत घटेको थियो । मलेसिया सरकारले आप्रवासी श्रमीकलाई आर्कषण गर्न यस्तो नियम बनाएको हुन सक्ने नेपाली श्रमीक अधिकारकर्मीहरुले नुमान गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!