झुटो हल्लाको पछी लाग्दा कतारमा कामदारहरुको भागदौड

Posted on: 01 Jan, 2017

पुस १७, काठमाडौँ | कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने समय दश दिन मात्र बाँकी रहेको झुटो समाचार भाईरल बनेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका कामदारहरुमा भागदौड मच्चिएको थियो । झुटो समाचारको कारण त्यहाँ रहेका बिदेशी कामदारहरु एकाएक लाइनमा बस्न थालेपछी त्यहाँ स्थित श्रम मन्त्रालयका कर्मचारीहरुनै दंग परे । पछी बास्तबिकता पत्ता लगाइयो कि झुटो समाचारका कारण उक्त लाइन लागेको थियो । 

कतारस्थित स्थानीय संचार माध्यमहरुले झुटो समाचार एकाएक भाइरल बनेपछि बिदेशी कामदारहरुमा भागदौड मच्चिएको हो  । संचार माध्यमले जनाए अनुसार झुटो समाचार पछी लाइन बस्नेहरु बिहान ५ बजेदेखि श्रमबिभाग अगाडी लाइनमा बसेका थिए । तर त्यस्तो कुनै नियम नलगाइएको मन्त्रालयले प्रष्ट पारेपछि कामदारहरुको भीड हटेको थियो । पछी कतार स्थित श्रम मन्त्रालयले ट्वीटर मार्फत पनि त्यस्तो कुनै व्यवस्था नरहेको पूनः प्रष्ट पारेको थियो । 

नयाँ नियम अनुसार कतारमा पहिलो करार अवधी पार गरेका बिदेशी कामदारले अर्को रोजगारदाता चुन्न एनओसी नचाहिने व्यवस्था गरेको छ । तर कुनै समयावधि नतोकिइ गरेको करारमा भने ५ बर्षसम्म उक्त कम्पनीमा करार अवधि काम गरेपछि कतारमा नै बसेर अर्को रोजगारदाता खोज्न पाइने नियम छ । यो नियम पछी धेरै बिदेशी कामदारले आफुले पहिले आएको कम्पनीको तोकिएको करार पुरा गरेपछि करार अवधि सकिएलगत्तै अर्को कम्पनीमा काम गर्न पाउँछन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!