व्यक्तिगत ​श्रम स्वीकृति लिनेहरुका लागि खुशीको खबर !

Posted on: 13 Jan, 2017

पुस २९, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिन पनि अब लाइन बस्न नपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आउँदो सोमबार देखी अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन लगेको छ । 

वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिए ।

यस्तै अन्तीम श्रम स्वीकृति पनि सोमबार देखी अनलाइनबाटै लिन सकिने भएको छ । यस अघि अन्तराष्ट्रिय आप्रवासन दिवशको अवसरमा संस्थागत तर्फको पुर्व श्रम स्वीकृति अनलाइनबाट सुरु भएको थियो । 

त्यसबाट म्यानपावर व्यवसायीलाई सहज भएपनि व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिने युवालाई भने सहज भएको थिएन । अव श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै हुनेछ । 

यसका लागि अहिले म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभागको ताहचल कार्यालयका कर्मचारी तालिम लिइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!