दार्चुलाबाट बैदेशिक रोजगारीमा जाने बढ्दै

Posted on: 28 Jan, 2017

माघ १५, दार्चुला । आफ्नै देशमा काम गर्ने तथा कमाउने अवसर कम भएपछि पछिल्लो समय विदेशजानेहरुको संख्या बढी रहेको छ । 

चालु आर्थिक बर्षमा दार्चुला जिल्लाबाट विभिन्न प्रयोजनका लागि दार्चुला जिल्लाका आठ सय बढीले विदेश जान आवस्यक पर्ने राहदानी लिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

 चालु अर्थिक बर्षको माघ १४ गतेसम्म द्रुत सेवा अन्तरगत राहदानी विभागबाटै राहदानी बनाउन दार्चुला जिल्लाबाट ६ सय ५९ जनाले सिफारिस लिएका छन् भने जिल्लाबाटै राहदानी प्राप्त गर्ने गरी १ सय ६२ जना गरि ८ सय २१ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटको तथ्याङ्क रहेको छ ।

 दार्चुला जिल्लामा गत आर्थिक बर्ष २०७२÷७३ मा दु्रतसेवाबाट राहदानी लिने ९ सय ८२ र जिल्लाबाटै राहदानी लिने २ सय ३० जना गरी एक हजार २ सय १२ जना रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

 दार्चुलाबाट राहदानी लिनेहरुको संख्या हेर्दा गत बर्षको तुलनामा २ सय जना बढीले राहदानी लिएपछि दार्चुला जिल्लाबाट विदेश जानेहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

 राहदानी लिएका सबैले विदेशमा कामदारकै रुपमा नजाने र अन्य प्रयोजनका लागि पनि जाने गरेको प्रमुख जिल्ला अधिकारी बासुदेब कोइरालाले बताउनु भयो । तर उक्त संख्या मध्ये अधिकाँश भने विदेशमा रोजगारीकै सिलसिलामा जाने गरेको छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!