जापानबाट नेपाल फर्कन लागेका युवाले गरे आत्महत्या

Posted on: 29 Jan, 2017

माघ १६, काठमाडौँ । जापानमा एक नेपाली युवाले नेपाल फर्कन लागेको एक दिनअघि आइतबार आत्महत्या गरेका छन् ।

करिव १३ महिना अघि जापान आएका नवलपरासी अमरपुरी ८ का ३३ बर्षिय संजय खत्रीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

१० लाख बढी रुपैयाँ तिरेर मासिक डेढलाख बढी तलब पाइने लोभमा कुक भिषामा जापान आएका खत्री केही समयदेखी मानसिक तनावमा रहेको बताइएको छ ।

मुस्किलले मासिक १ लाख तलब  पाएको बताइएका खत्रीले केही दिनदेखी नै जापान आएको ऋणसमेत तिर्न सकिएको छैन, नेपाल फर्कनु भन्दा बरु आफु मर्ने भन्ने कुरा गरेको उनका नजिकका साथीहरुले बताएका छन् ।

खत्रीले जापानको खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको आफ्नै कोठामा आत्महत्या गरेका हुन् ।

श्रीमती र ३ बर्षिय छोरा रहेका खत्रीको निधनपछि उनको परिवारमा पिडासँगै उनलाई जापान पठाएको ऋण र उनको शव नेपाल फर्काउने थप समस्यामा परेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!