मलेसियामा एक नेपालीको मृत्यु

Posted on: 31 Jan, 2017

माघ १८, राजविराज । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत्यु भएको थियो । 

मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको उनका परिवारका सदस्यले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!