मोबाइलमा अश्लील सामग्री राखेको भन्दै मलेसियामा नेपालीलाई जेल हालियो

Posted on: 06 Feb, 2017

माघ २४, क्वालालम्पुर । मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा मलेसियामा एक नेपालीलाई एक वर्ष जेल सजाय सुनाइएको छ ।

एक अदालतले २९ बर्षीय भेटलबहादुर बमलाई जेल सजाय सुनाएको हो । क्लिनरका रुपमा कार्यरत उनीमाथि मोबाइलमा पाँच अश्लिल समाग्री राखेको अभियोग छ ।

युवकले प्रहरीसामु आफ्नो कमजोरी स्वीकार गरेका छन् । उनीमाथि लागेको अभियोगमा तीन वर्षसम्म कैद वा जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!