दुबईको हिमाया सेक्युरिटीद्वारा ९ सय ३७ नेपालीको करारपत्र रद्द

Posted on: 07 Feb, 2017

माघ २५, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करार रद्द गर्दा नेपाली पनि परका हुन् ।

हिमायाले आफ्नो व्यवस्थापनलाई पुनःसंरचना गर्न सुरक्षागार्डको करार सेवा रद्द गरको जनाएको छ । रद्द भएका सुरक्षागार्डहरूको सेवा अवधि अप्रिल १ मा सकिने छ । कम्पनीले रद्दमा परका सबै सुरक्षागार्डलाई सूचना दिइसकेको छ । करार सेवा रद्दमा परका कामदार भने चिन्तित छन् । ‘तीनवर्षे करार अवधि सकिएकाले नथपेको हामीलाई भनियो,’ बुटवलका कुमार सापकोटाले भने, ‘नयाँ कामदार ल्याउनभन्दा हामीलाई नै मौका दिन अनुरोध गरकाछौं ।’ हिमायाले नयाँ  सम्झौता गरका १ सय २४ जना नेपाली सुरक्षागार्डलाई समेत काम दिएको छैन । हिमायाको व्यवस्थापनले नेपाली दूतावासका अधिकारीहरूलाई पुराना सुरक्षाकर्मीको पनि करार अवधि रद्द गरको जानकारी दिएको छ । हिमायामा झन्डै ८ हजार सुरक्षाकर्मी कार्यरत छन् । त्यसमा झन्डै ३ हजार नेपाली सुरक्षागार्ड छन् ।

हिमायामा सबभन्दा बढी एसआरएस म्यानपावर कम्पनीमार्फत कामदार गएका थिए । दलालले अवैध बाटो प्रयोग गरी त्यस कम्पनीमा कामदार लगेका थिए । नेपाली दूतावासले हिमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका कामदारलाई स्वदेश नपठाउन अनुरोध गरको छ । - कान्तिपुर 

>> विदेशबाट TV ल्याउदै हुनुहुन्छ भने थाहा पाउनुस कति इन्चलाई कति कर तिर्नुपर्छ ? 

>> तपाई बैदेशिक रोजगारीमा जान चाहनुहुन्छ ? त्यसो हो भने यहाँ क्लिक गरि डिमाण्डहरु हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!