म्यानपावरले सेक्युरिटी गार्डमा विदेश जानेहरुसँग ५ लाखसम्म अशुल्छन्

Posted on: 11 Feb, 2017


माघ २९, काठमाडौँ | बैदेशिक रोजगारीमा दुबई लगायत बिभिन्न देशमा सेक्युरिटी गार्डका लागि जाने नेपालीहरुलाई म्यानपावर कम्पनीले मनपरी रकम अशुल्दै गर्दा सरकार भने देखे-नदेखेझैँ गरेको छ | 

सेक्युरिटी गार्डका रुपमा वैदेशीक रोजगारीमा जाने कामदारमाथिको प्रतिबन्ध हटेपछी फेरी म्यानपावरहरुमा मनपरी पैसा उठाइएको विदेश गइसकेका र जाने तयारीमा रहेकाहरुले साझा सबाल मार्फत गुनाशो गरेका छन् । काभ्रेबाट बैदेशिक रोजगारीको लागि दुबई जान तयारी अवस्थामा रहेका एक नेपालीका अनुसार म्यानपावरले ५ लाख उठाएको खुलाशा गरे । उनले दुबई पुगेपछि आफ्नो तलब खान/बस्न सहित ७० हजार भन्दा बढी हुने आश्वासन दिएकाले यत्रो रकम तिर्न बाध्य भएको बताए । ति युवाले आफु विदेश जाने अन्तिम तयारीमा रहेको भन्दै सम्बन्धित म्यानपावरको नाम दिन मानेनन् । उनले हामीसंगको कुराकानीमा भने 'नाम दिएर के गर्नु सर ? मसँग पैसा बुझाएको प्रमाण छैन । डेढ महिना अघि भिषा अगावै १ लाख बुझाएको थिएँ र फेरी केहि दिन अघि मात्र ४ लाख बुझाईसकें ।' ऋण खोजेर ल्याएको पैसा फस्यो भने आफू बर्बाद हुने बताउँदै उनले सरकार भित्रै पनि म्यानपावरको मिलेमतो रहेको आरोप लगाए । उनि भन्छन 'सरकारले चाहे के हुँदैन ? उनीहरुकै फाइदाको लागि अब मैले ८ महिनासम्म बिदेशमा पसिना बगाउनुपर्छ ।'  

बिदेशमा कमाउने आशा सहित उनि जस्तै हजारौं नेपाली अहिले यस्तै समस्यामा फसेका छन् । विदेश नजाउँ परिवार चल्दैन, विदेश जाउँ म्यानपावरले लुटेर लिन्छ, म्यानपावरलाई लुट्न नदिउ विदेश जान पाइंदैन । सबैले बाध्यताकै कारण चर्को रकम तिर्छन । देशमै रोजगारीको अवस्था नहुँदा विदेश जाने नेपालीहरुबाट मनोमानी रकम अशुल्ने तथा विदेश गएर पनि भनेजति तलब/सुबिधा हुने-नहुने आशंका रहन्छ । म्यानपावरले जति धेरै तलब उति धेरै पैसा अशुल्ने परिपाटी मौलाउंदै गर्दा त्यसको प्रत्यक्ष मार बैदेशिक रोजगारीमा जाने युवाहरुलाई परेको छ । 

यता म्यानपावरहरुले भने डिमाण्ड ल्याउन सम्बन्धित देशका एजेन्टहरुलाई पैसा तिर्नुपर्ने हुँदा बढी लिनु परेको बताउँदै आफुलाई चोख्याउदै आएका छन् । सरकारले बढी अशुल्नेलाई कारबाही गर्ने नीति बनाएको छ तर जनता प्रत्यक्ष लुटिईरहँदा सम्बन्धित निकायहरु मौन छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!