कतारमा बिदेशी कामदारहरुलाई कम्पनी फेर्न अनुमति, यस्तो छ नीति

Posted on: 13 Feb, 2017

फागुन २, काठमाडौं | कतारका रोजगारदाताहरुले आफ्नो कम्पनीमा कार्यरत विदेशी कामदारलाई ६ महिनाको लागि अर्को कम्पनीमा काम गर्न जान लिखित अनुमति दिने भएपछी नेपाली सहित कातामा रहेका बिदेशी कामदारहरु लाभान्वित हुने भएका छन् । कतारको आन्तरिक मन्त्रालयले यस्तो जानकारी दिएपछी बिदेशी कामदारहरु हर्षित भएको एक नेपाली कामदारले साझा सबाललाई बताए । 

मन्त्रालयका अनुसार कतारले अनुमति थप ६ महिनाका लागि वृद्धि हुनसक्ने समेत जनाएको छ । नयाँ आवासीय कानूनसम्बन्धि जानकारी दिन हालै आयोजना गरिएको एक बिशेष कार्यक्रममा मन्त्रालयले कतारी आवासीय अनुमतिपत्र पाएको आप्रवासी कामदारले ६ महिनाभन्दा बढी समय मुलुक बाहिर बसेको अवस्थामा उसले तोकिएको जरीवाना तिरेर एक वर्ष भित्र रिटर्नी कामदार भिषामा कतार फर्किन सक्ने जनाइएको छ । 

मन्त्रालयले कतारी आवास अनुमति भएको विदेशी नागरिकले उचित कारण देखाई अध्ययन बढाउनका लागि आफ्ना छोरा छोरीको लागि पनि आवासीय अनुमति दिने जनाएको छ । 

कतारी कानून अनुसार नवजात शिशु कतार प्रवेश गरेको ९० दिनभित्र आवास अनुमति पाउन सक्छ । यसका लागि अविभावकसंग बैध आवासीय अनुमति पत्र हुनु जरुरी छ ।

 त्यस्तै भिजिट भिषा वा अन्य प्रयोजनका लागि कतार जाने व्यक्ति ३० दिन भन्दा बढी कतारमा नबस्ने भए उसले अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!