सरकारले कामदार पठाउन रोक लगाएका साउदी अरबका ४६ कम्पनी यी हुन्

Posted on: 20 Feb, 2017

फागुन ९, काठमाडौं । सरकारले साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन रोक लगाएको छ ।

ती कम्पनीले कामदारलाई भनेजस्तो सेवासुविधा दिन नसकेको भन्दै कालोसूचीमा राख्दै कामदार पठाउँन रोक लगाएको हो । वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो । 

विभागले सूचना प्रकाशन गरी साउदी अरबका दमाम, ज्यादा, आबुधाबी सहरका मोद नाफी बिन साउद अल मोरारी, स्ट्रोङ स्प्रेड फर काउन्ट, हुसेन बिन दाजामा फर कन्स्ट्रक्सन र अल फेयर्स इस्ट कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको हो ।

त्यस्तै अल–हान ट्रेडिङ ग्रुप, मिडिल इस्ट कन्स्ट्रक्टिङ कम्पनी, अल जिमी सोमाक इलोक्ट्रोनिक एन्ड इलेक्ट्रोनिक्स सिस्टम कम्पनी, डिजिटल कन्नेक्सन कम्पनी र अर्थ लाइटलगायतमा कामदार पठाउन रोक लगाइएको छ । सरकारले बराइनको अल–एलियासा अलदायसी कम्पनीमा समेत नेपाली कामदार नपठाउने गरी कालो सूचीमा राखेको छ ।

वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो । ती कम्पनी कामदारले पाउनुपर्ने सेवा सुविधा र तलब नदिने र उल्टै दुःख दिने गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आग्रहमा कामदार पठाउन रोक लगाइएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!