मलेसियामा गुण्डागर्दि गर्दै हिड्ने दुई नेपाली महिलासहित ११ पक्राउ

Posted on: 22 Feb, 2017

फागुन ११, काठमाडौँ । गुण्डागर्दि गरेको आरोपमा मलेसियामा दुई नेपाली महिला सहित ११ जना गतसाता पक्राउ परेका छन् ।  

पक्राउ पर्ने ११ जना नेपाली ‘पेनाङ योङ स्टार ग्याङ’ नामक अपराधीक ग्याङमा संलग्न रहेको र अन्य पनि रहेको बुझिएकाले खोजि भैरहेको मलेसियाका सञ्चार माध्यमले जनाएका छन् । पेनाङको तामान सेरि जुरुबाट पक्राउ परेका नेपालीसँग कागजात समेत नरहेको प्रहरीले जनाएको छ ।

यो ग्याङले कामदारसित मासिक २५ रिंगिटका दरले रकम अशुल्ने गरेको खुलासा भएको छ । फागुन १ गते चोरीको अभियोगमा तीन जना नेपाली पक्राउ परेपछि अपराधिक समुह नै रहेको खुलासा भएपछि प्रहरीले खोजीकार्य अघि बढाएको हो । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!