कोरियाले तीन गुणा बढायो नेपाली कामदारको माग

Posted on: 27 Feb, 2017

फागुन १६, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा अहिलेको भन्दा झन्डै तीन गुणा भन्दा बढी बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको हो ।

नयाँ माग हुने १० हजार २ सय मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । इपिएस कोरिया शाखाका निर्देशक बावुराम खतिवडाका अनुसार नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन साहुको रोजाइमा परेका हुन् । यस वर्षका लागि भने अहिले सम्म २ हजारको लेवर कन्ट्रयाक आएको छ । 

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम अनलाइनबाटै चैत ९ गतेदेखि १८ गतेसम्म खुला हुनेछ । 

खुसीको खबर के पनि छ भने अब कोरिया जानको लागि आवेदन दिन लाइन बसेर सांस्ती हुँदैन । किनभने यो बर्षदेखि आवेदकले घरमै बसेर आवेदन फारम भर्न सक्नेछन । यस अघि कोरियाको फराम भर्न दिनैभर र रातभर लाइन बस्नु पर्ने बाध्यता थियो । 

कोरियाको लागि आवेदन दिनको लागि पहिले जस्तो लाइनमा बस्नु पर्दैन साथै आवेदनको लागि तोकिएको शुल्क बैंकमा फर्म भर्नु अगावै बुझाउनु पर्छ । बैंकबाट रकम जम्मा गरेपछि एउटा कोड पाइन्छ र त्यहि कोड फर्म भर्दा राखेपछि मात्रै अनलाइन फारम ‘सब्मिट’ हुन्छ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि फारम भर्दा अनिवार्य चाहिन्छ ।

जेठको अन्तिम सातामा हुने इपीएस परीक्षामा आवेदकहरुले परिक्षा दिए पश्चात पुरानै तरिकाले कोरियाले कामदार छनौट गरेर लानेछ । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । 

यो पनि पढ्नुहोस 

>> अन्तर्वार्तामा कस्ता प्रश्न सोधिन्छन ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!