दुबई विमानस्थलमा झिटीगुन्टासम्बन्धि नयाँ नियम, नेपाली पनि समस्यामा

Posted on: 03 Mar, 2017


फागुन २०, काठमाडौँ । दुबईको अन्तराष्ट्रिय विमानस्थलले नयाँ नियम ल्याएको छ । 

फागुन २५ अर्थात (मार्च ८) देखि कार्यन्वयन हुनेगरि सामान ओसार पसार गर्दा डोरीले बाँधिएका झोला लैजान प्रतिबन्ध गरिएको छ । डोरीले बाँधेर झोला लान नपाईने र ठुला लगेजमा समेत डोरी बेर्न नपाइने विमानस्थलले प्रशासनले जनाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरक्षा र लगेज व्यवस्थापन सहजका लागि भन्दै यो नियम बनाइएको हो । झोलाको साइज समेत मध्यम साइजको हुनुपर्ने बताइएको छ । 

 नेपालीसहित, भारत, पाकिस्तान, बंगलादेशी नागरिकले डोरीले बाँधेर समान लैजाने गरेकाले यो नियमले यी देशका नागरिकलाई प्रभावित पार्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!