इजरायलमा रोजगरिको अवसर, चैत ९ गतेसम्म आबेदन दिनुहोस

Posted on: 04 Mar, 2017

फागुन, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरको रोजगारी लागि आवेदन माग गरेको छ । 

 पहिलो चरणमा ५९ जना नेपाली कामदार छनोट गरी इजरायल पठाएको विभागले दोस्रो चरणमा ६० जनाको माग प्राप्त भएको जनाएको छ । चैत्र ९ गतेभित्र निवदेन दिन आवेदकहरुलाई विभागले आग्रह गरेको छ ।

६० जनामा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छनोट गरी पठाउने विभागले जानकारी दिएको छ । 

इजरायल जान के के मापदण्ड पुरा गर्नुपर्छ ?

२५ वर्ष पुगेका तर ४५ वर्ष नपुगेकाहरु इजरायल जान पाउनेछन् । उचाइ कम्तिमा पनि ५ फिट हुनुपर्ने, ४५ किलोभन्दा माथिको तौल हुनुपर्ने, नर्सिङ कोष पूरा गरेको वा ३ महिनाको केयर गिभर तालिम मान्यता प्राप्त केन्द्रबाट लिएको हुनुपर्ने छ ।

 मध्यमस्तरको अंग्रेजी जानेको हुनुपर्ने, बाबु, आमा, दाजु, दीदी, श्रीमान वा परिवारका सदस्य कोही पनि इजरायल भए त्यस्ताहरु जान पाउने छैनन् । पूर्ण स्वास्थ्य, प्रहरी रिर्पोट अनिवार्य हुनुपर्ने छ ।

 इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभाग र नेपाल सरकारको वैदेशिक रोजगार विभागको निर्णय अनुसार छनौट हुनेछन् । 

विभागले अघिल्लो वर्ष कसरी पठाएको थियो ?

अघिल्लो वर्ष साउनमा श्रम तथा रोजगार मन्त्रालय र इजरायलबीच सहमति भएपछि विभागले आकर्षक मानिने इजरायलमा पाईलट प्राजेक्ट अन्तरगत केयर गिभर पठाउन शुरु गरेको हो ।  पहिलो चरणमा आवेदन आह्वान  गर्दा आठ सय अठार जान युवा युवतीहरुले आवेदन दिएका थिए । 

विभागले ती आठ सय १८ बाट छनौट गरी १ सय ३९ जनाको नाम इजरायल सरकारको निकाय पिबा समक्ष सिफारिश गरेकोमा पिबाले चिट्ठा प्रणालीका आधारमा सय जनाको नाम छनौट गरी अन्तिम ६० जना छनौटका लागि विभाग समक्ष पठाएको  थियो ।

पहिलो चरणमा छनौटमा परेका सय जनामा ९० जना महिला र १० जना  पुरुष रहेका  थिए । त्यसमध्ये  स्वास्थ्य क्षेत्रमा पीसीएल नर्सिङ, सीएमए र एएनएम  उत्तीर्ण गरेका आवेदकहरु बढी थिए । छनौट सूचीमा परेका उम्मेदवारहरुको अंग्रेजी भाषाको  क्षमता जाँच लगायतको परीक्षा हुने गरेको छ ।

छनोट प्रक्रिया इजरायल सरकारबाट हुने भन्दै विभागले कुनै पनि व्यक्ति वा संस्थासंग आर्थिक कारोवार नगर्न आवेदकहरुलाई कडा निर्देशन दिएको छ । वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!