भिजिट भिषाको नाममा म्यानपावरबाटै यसरि ठगिन्छन् सोझा नेपाली

Posted on: 07 Mar, 2017

विशाल बस्नेत/युएइ । राम्रो काम र धेरै तलब दिलाउने दलालको आश्वासनमा भिजिट भिषामा २० दिनअघि युएइ आएका नवलपरासीका टिकाराम बास्तोला नाम परिबर्तन अहिले राम्रो तलब भन्दा पनि काम चाहिरहेको बताउछन ।

दलालको प्रलोभनमा परेर ३ लाख रुपैया बुझाएर धेरै पैसा कमाउने उदेश्य बोकेर आएका टिकारामको सपना त्यो बेला रितियो जुन वेला दलालले दिनहुँ अन्तरबार्ता लागी भन्दै डुलाउन थाले ।

नेपालबाट सेटीङ्ग मिलाउने दलालले युएइ गएको २ दिन भित्र भनेजस्तो काममा लगाइदिने बताएतापनि यहाँ आएपछी यताको दलालले यताउता भन्दै भिजिट भिषाको म्याद समेत गुजार्न लागेको उनले बताए ।

एक महिनाको भिजिट भिषामा आफुसगै आएका अन्य ७ जना साथीहरुको पनि आफ्नो जस्तै ब्यथा रहेको बताउदै उनी भन्छन -"  कतिपय साथीहरु हाउस किपिङ्ग क्लिनरमा काम गर्न लागेका छन ,बरु मर्नु भन्दा बौलाउनु नै ठिक लागेर साथीहरुले तल्लो स्तरको काम समेत गर्न लाग्नु भएको छ ।"

टिकाराम बास्तोलाको जस्तै धेरै जनाको बढी पैसा कमाउने उदेश्य युएइका विभिन्न सहरमा दलालको गोजिभित्र अपहरणमा परिरहेको छ् ।

आफुहरुले दलाललाइ दिएको पैसाको ऋण तिर्नकै लागी भएपनी ऋण चुक्ता नहुन्जेल  उक्त अबधीसम्म युएइका विभिन्न सहरमा बन्धकको जस्तै जिन्दगी बिताइरहेको भिजिट भिषामा आएर काम गरिरहेका केही नेपालीहरु बताउछन ।

युएइमा रहेका दलालहरुको काम खोज्ने प्रक्रिया

युएइमै बसेर दलाल काम गरिरहेका कन्चनपुर महेन्द्रनगर घर बताउने तारा भाट यतै बसेर नेपालमा रहेको आफ्नो मेनपावरमा डिमाण्ड पठाउने र भिजिट भिषामा ल्याएर काममा लगाइदिने गरेको बताउछन । धुम्बराहीमा रहेको आफ्नो टाइगर मेनपावरका लागी डिमाण्ड खोजिरहेको बताउने भाटले धेरै जसोलाइ नेपालबाट ल्याएर नै काममा लगाइ केही कमिसन लिने गरेको समेत स्विकार गरे ।

नेपालबाट आफ्ना साथीहरुले पठाएकाहरुलाइ एयपोर्टमै पुगेर पिक अप गरी राम्रो खाना, बस्नको ब्यवस्था पनि काम नपाउन्जेल आफुहरुले नै गर्ने गरेको उनको भनाइ छ ।

अचम्म लाग्दो बिषय त के छ भने उनिहरुले नेपालबाट भिजिट भिषामा ल्याएका नेपालीहरुलाइ अन्तरबार्ता गराउने लैजाने ठाउको कुनै राम्रो चिनजान समेत हुदैन । तर अन्तरबार्तामा पास भैसकेपछी कम्पनीले कमिसन माग्ने भन्दै थप पैसा समेत लिने गरेको पिडितहरुको गुनासो छ ।

भाट अन्तरबार्तामा लैजाने कम्पनीसग कुनै राम्रो सम्बन्ध नहुने स्विकार्दै भन्छन-" के गर्ने यो पनि काम नै त हो । स्वदेशमा बेरोजगारी भएर बस्नु भन्दा त याहा आएर सानोतिनो काम गर्नु नै बेरोजगारको पीडा भोगीरहेकाहरुका लागी ठूलो कुरा हुन्छ त्यसैले काम खोज्न हाम्रो कुनै समाजसेवा हैन । हामीले लिने पारिश्रमिक हो ।"

भाट त एक प्रतिनिधि पात्र मात्र हुन उन्को जस्तै रबैया अपनाएर पैसा कमाउने गिरोहहरुको ठूलो सन्जाल नै युएइ सकृय भएको पाइएको छ । नेपालबाटै लाखौ पैसा असुली ,सेटीङ्ग मिलाएर पठाउने दलालहरुको गहिरो प्रलोभनका कारण दिनदिनै कयौ नेपालीहरुले भिजिट भिषामा आउन बाध्य भएको पनि स्वयम् पिडितहरुको बुझाइ रहेको छ ।

नेपालबाट दलालले याहा भने जस्तो काम नदिएपछी  कतिपय त्यतिकै फर्कनु समेत परेको भिजिट भिषामा आएका नेपालीहरुको भनाइ रहेको छ ।

नेपालबाट दलाललाइ ३ लाख भन्दा बढी बुझाएर आएतापनी फर्कने बेलामा यति खर्च भयो उति खर्च भयो भन्दै  ८० % पैसा  सकिएको बताउदै दिएको पैसा समेत फिर्ता गर्न आनाकानी गर्ने गरेको भिजिट भिषामा आएर फर्किएका रसुवाका एक जना युबाले नाम नखुलाउने सर्तमा बताए । 

आफ्नो पैसा दलालबाट नउठेसम्म कतै उजुरी गर्न समेत डर भएको बताउदै उनी भन्छन -" दलाल मात्र हैन आफू पनि यसरी जादा अबैधानिक बनिदो रहेछ् त्यसैले आफ्नो पैसा डुब्ने र आफुले पनि कानुनी सजाय पाउन सक्ने डरको कारण म सगै गएका १० जना साथीहरु समेत चुप लागेर बस्न बाध्य बनेका छौ । "

 भिजिट भिसाको नाममा ठ्गी यसरी मौलाइरहेको छ !

स्वदेशमा रोजगारको कुनै अबसर नभएपछी बैदेशिक रोजगारलाइ नै मुख्य प्राथामिकता राखेका कयौ नेपालीहरुले विभिन्न मेनपावर एजेन्सीहरुमा आबेदन दिएका हुन्छन । लामो समय सम्म पनि भिसा प्राप्त नभएपछी धर्य गर्न नसक्नाले भिजिट भिसामा ठोकिनु परेको एक जना मेनपावर ब्यबसायीको भनाइ रहेको छ ।

छिटो पैसा कमाउने उदेश्यले पनि भिजिट भिषाका नाममा दलालबाट दिनदिनै ठगिरहेको देखीन्छ । यसरी ठगिनेमा युवा मात्र हैन यवतिहरु समेत प्रसस्त छन । पढेलेखेका युबतीहरुलाइ प्रलोभनमा नै पारेर भनेजस्तो काममा नलगाएपछि कतिपय युबतीहरु फरक बाटो समेत रोज्न बाध्य छन ।

सिन्धुपाल्चोक घर बताउने समिता नाम परिबर्तन सुमिना भन्छिन- "जब म १ बर्ष अगाडी दलालको गुलियो गफ सुनेर युएइ आए तब मात्र थाहा भयो म भिजिट भिषाको नाममा ठगिइएको रहेछु ।  आफुले भनेजस्तो काम नपाएपछी म अती मानसिक तनाबमा थिए । ऋणको पिडाले पनि मलाइ धेरै पोलिरहेको थियो । अन्ततः एक नेपालीकै सयोगमा म यो होटेलमा काम गरिरहेको छु ।"

युएइ सरकारको कानुन बिपरित भएपनी सहरका कतिपय ठाउँ यौन बजारको रुपमा समेत चर्चित छन । अनि नेपाली युबतीहरु बङगाली तथा पाकिस्थानी नागरिकको उक्त बजार भित्र रोजाइ बन्ने गर्दछन । एक जना बङगाली नागरिक मुहमबद मुस्ताफा भन्छन -"त्याहा नेपाली युबतीहरु सबै भन्दा राम्रा छन । म हरेक हप्ता त्याहा जाने गर्दछु अनि नेपाली सगै मिलेर आउछु ।"

सरकारको बेवास्ताले दलालको मनोबल उच्च !

केही समय अगाडी प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड युएइ भ्रमणको समयमा समेत युएइमा रहेका नेपालीहरुले भिजिट भिषा र दलालको बिषयमा ध्यानाकर्षण समेत  गराएका थिए । 

प्रधानमन्त्री प्रचण्डले नेपाल जानासाथ दलाल र सेटीङ्ग मिलाउन सयोग गर्ने कर्मचारीलाइ नछाड्ने बताएतपनी कुनै प्रक्रिया अगाडी बढ्न सकेको छैन बरु दलाल र कर्मचारीहरुले उच्च आत्मबलको साथ काम गरिरहेको देखिन्छ ।

यता बैदेशिक रोजगारका सम्स्याबारे साबधानका लागी धेरै आन्तरिक गृहकार्य गरिरहेको श्रम मन्त्रालयले बताएको छ ।  बैदेशिक रोजगारमा रहेका बिध्यमान बिकृतीहरु केलाउदै आन्तरिकरुपमा प्रक्रियामा लागी  परिरहेको स्रोतको भनाइ छ ।

त्यसैगरी सृङ्खलाबद्दरुपमा भिजिट भिषाको नाममा ठगीका घट्नाहरु बाहिर आइरहदा समेत युबयुबतीमा देखिएको बेवास्ताका कारण घट्ना दोहोरिरहेको बिज्ञहरुको भनाइ रहेको छ । 

मेनपावर र दलालको दोहोरो मारले खाडीको बसाइ लम्बिने !

अघिल्लो सरकारले फ्री भिषा फ्री टिकटको घोषणा गरीसकेको भएतापनी मेनपावरको उच्च पैसा असुल्ने कार्य यथावत नै छ । सामान्य कामका लागी पनि १ लाख देखीमाथी जुनसुकै खाडी मुलुक जानका लागी दिनुपर्ने बैदेशिक रोजगारमा जाँदै गरेका र गैसकेकाहरुको भनाइ छ । 

सिरा सुरक्षा गार्डमा आउनका लागी मात्र प्रत्यक नेपालीले  ३ लाख रकम बुझाउने गरेको १५ दिन अघिमात्र सिरा सुरक्षा गार्डका लागी आएका झापाका एक जना युबाले बताए । त्यसैगरी काम हेरेर भिषाअनुसार उच्च पैसा असुल्दै आएको कामदारहरुले बताउदै आएका छन ।

माथी उल्लेख गरिएका तारा भाटलेसमेत एक जनाबाट कम्तिमा सुरक्षा गार्डको लागी मेनपावरले १ लाख नाफा राख्ने गरेको पङ्क्तिकारसगको भेटमा स्विकार गरेका छन । समाजसास्त्रीहरुका अनुसार प्रदेशमा आत्महत्याको केही कारण दलाल र मेनपावर नै हुन ।  चर्को ब्याज, साहुको कचकच, पारिवारिक तनाबले भबिष्यमा सोच्ने शक्तिको मृत्यु भएपछी अन्तिम बाटो आत्महत्यालाइ अगाल्ने उनिहरुको विश्लेषण छ ।

लामो समय सम्म प्रदेशमा नै बस्नु पर्ने बाध्यता पनि यसैको कारण सिर्जना भएको देखिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!