वैदेशिक रोजगार विभागमा उजुरी दिने भनेपछि एजेन्टले पासपोर्ट फिर्ता गरे

Posted on: 08 Mar, 2017

फागुन २५, काठमाडौँ । वैदेशिक रोजगार विभागमा उजुरी दिने भनेपछि खोटाङमा एक एजेन्टले पासपोर्ट फिर्ता गरेका छन् । 

खोटाङको बाकाचोल गाविस वडा ५ का जीवन गिरीलाई विदेश पठाउन पासपोर्ट लिएका एजेन्ट केपी ढकालले पासपोर्ट फिर्ता गरेका हुन् । जीवन ८ महिनाअघि एक लाख रुपैयाँ तिरेर दुवई जानुभएको थियो तर दुवईमा म्यानपावरले भनेको काम र तलब नपाएपछि उहाँ गएको एक महिनामै नेपाल फर्किनुभयो । 

त्रिभुवन विमानस्थलमा एउटा कामको लागि पासपोर्ट चाहिने भयो भन्दै पासपोर्ट लिएका एजेन्ट केपी ढकालले पैसा नदिएसम्म पासपोर्ट फिर्ता नदिने बताएपछि जीवन खोटाङको दिक्तेलमा रहेको सुरक्षित आप्रवासन परियोजना सामीको सूचना तथा परामर्श केन्द्रमा पुग्नुभएको थियो ।

जीवनसँग एजेन्टलाई पासपोर्ट दिएको कुनै प्रमाण थिएन । तर केन्द्रले  विभागमा उजुरी लैजाने भनेपछि एजेन्ट ढकालले पासपोर्ट फिर्ता दिएको रिटनी स्वयमसेवक लोकेन्द्र घिमिरेले बताउनुभयो । उज्यालो अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!