युएईमा कार दुर्घटना हुँदा एक नेपालीको मृत्यु

Posted on: 18 Mar, 2017

चैत ५, काठमाडौँ । युएईमा कार दुर्घटना हुँदा एक नेपाली युवाको मृत्यु भएको छ । 

कन्चनुपर दैजी २ बसन्तथलाका निराजन शाहीको गएको बिहीबार राति काम सकेर फर्कंदै गर्दा कार दुर्घटनामा परेर ज्यान गएको हो । उनि युएईस्थित युनाईटेड सेक्युरोटी ग्रुप कम्पनी अन्तर्गत अलऐनमा कार्यरत थिए ।

कम्पनीकै साथीहरुसँग बवादी मल नजिकै सारीकातमा रहेको कम्पनीको कोठामा फर्कर्ने क्रममा टायरमा खराबी आएर कार दुर्घटना भएको कम्पनीले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाएका शाहीको बुवाआमा, एक दिदी र भाइ छन् ।  शाहीको शव सकेसम्म छिटो नेपाल पठाउने तयारी भईरहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!