मलेसियामा २३ तले भवनवाट खसेर एक नेपाली युवाको मृत्यु

Posted on: 25 Mar, 2017

चैत १२, क्वालालम्पुर । मलेसियामा निर्माणाधीन २३ तले अग्लो भवनबाट खसेर एक नेपाली युवाको ज्यान गएको छ ।

मलेसियाको पुत्राजयामा निर्माणाधीन भवनबाट खसेर शुक्रवार भोजपुर रानीवन ९ हर्काका ३१ बर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।  उनि त्यहास्थित एन्टिकरप्सन कमिसन बिल्डिङमा कार्यरत थिए ।

कटुवालका छिमेकि कमल वस्नेतले दिएको जानकारीअनुसार उनी करीव तीन वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । कटुवालको परिवारमा दुई छोरा र श्रीमती रहेको वताईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!