'बैदेशिक रोजगारीमा जाँदा हामीले तिर्ने मोटो रकम बाडिन्छन्'

Posted on: 10 Apr, 2017

पहिले-पहिले म्यानपावरबाट बिदेश जाँदा पैसा तिरेको रसिद दिइन्थियो तर आजभोली म्यानपावरले पैसा तिरेको रसिद समेत दिन छाडे । म्यानपावरले पैसाको बलमा बिभागलाई समेत आफ्नो खुट्टामा राखेका छन् । रसिद दिने म्यानपावरले समेत १०,०००/- को मात्र दिन्छन् । नेपालीले विदेश जाँदा तिर्ने लाख भन्दा माथिको कालो पैसा बिभिन्न नाममा कमिसनको रुपमा बाडिन्छ ।  

नेपाल सरकारसँग एउटा मेरो प्रश्न के छ भने "धेरै पैसा लिएर म्यानपावरले दस हजारको मात्र भर्पाइ दिन्छ, यदि हामी त्यत्रो पैसा तिरेर फस्यौ भने भोलि कुन आधारमा पैसा असुली गर्ने ? कि त पुरै पैसाको भर्पाइ दिने ब्यबस्था गर्नु पर्यो कि त त्यहि  १०,०००/- मै बिदेश जाने बाताबरण मिलाइदिनु पर्यो ।

नेपाल सरकारले १०,०००/- मा बिदेश पठाउने भन्ने नियम न त राम्रो सँग लागू भयो न त खारेज नै भयो । बरु यही नाममा म्यानपावर, दलाल, सरकारी निकायका भ्रष्ट कर्मचारी र विदेशबाट डिमाण्ड मिलाउने दलालहरु मोटाईरहेका छन् । शुन्य लागतको नियम बिभागको कागजमा मात्र सिमित छ, कार्यान्वयनमा ९५% भन्दा बढी म्यानपावरले अवलम्बन गरेको छैन । म्यानपावरले पैसा असुल्न नछोडेको अवस्थामा नेपाल सरकार कानमा तेल हालेर बसेको छ । नेपाल सरकारको नीतिलाई मान्ने हो भने कुनै कमिसन  नेपालीले बिदेश जान पाउँदैन् किनकी दस हजारमा कुनै पनि म्यानपावरले विदेश पठाउदैनन् । म्यानपावरले लिने मोटो रकम बिभिन्न नाममा बाडिन्छन् । कतिपय म्यानपावरका हाकिमको कुरालाई सापटी लिएर भन्ने हो भने हामीले तिर्ने मोटो रकम विदेशबाट डिमाण्ड मिलाउने दलाल, त्यहाँ स्थित दुतावासदेखि भ्रष्ट सरकारी कर्मचारी तथा एयरपोर्ट सेटिङसम्मलाई म्यानपावरले पैसा बुझाउने गर्छन । 

कमिसनको खेलमा नेपाल सरकारल लिएको नीति लागू हुनु त कता हो कता झन जनता मारमा परेका छन् । साथै लाख बुझाएर दस हजारको भर्पाइ समाउन विवश छन ।

अझै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बस्छन् भने सबै नेपालीले बुझौं कि बैदेशिक रोजगारीमा जाँदा नेपाली युवाले तिर्ने लाखौ रकमको मोटो हिस्सा ठूला नेता तथा बैदेशिक रोजगार बिभागका कर्मचारीलाई समेत पुगेको छ । यदी मेरो आरोप गलत हो भने बैदेशिक रोजगारीको यो बेथिति सुधारेर देखाउनुस । 

धन्यवाद !

- शिवराज अधिकारी 

गोर्खा, आरुघाट 


(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

यस बिषयमा तपाइको प्रतिक्रिया...!